▶
यस दशैं र तिहार चाडपर्वको हार्दिक मंगलमय शुभकामना! 🌸
यस दशैं र तिहारले सबैमा उमंग, ऊर्जा र सहकार्य ल्याओस् भन्ने हाम्रो कामना छ।
चाडपर्वले परिवार र समुदायलाई जोड्ने मात्र होइन, हरेक किशोरीले अधिकारसहित बाँच्ने समाज निर्माण गर्ने अवसर पनि दिन्छ।
सबै किशोरीहरूले शिक्षाको बाटो छान्न पाऊन्, हिंसाबाट मुक्त वातावरणमा हुर्किन पाऊन्, आफ्ना सपना र क्षमता पुरा गर्न स्वतन्त्र रहून्—यही हाम्रो शुभकामना हो।
यस पर्वमा, हामी सबै मिलेर किशोरीहरूको अधिकारलाई सम्मान गर्ने, असमानता र भेदभावलाई अन्त्य गर्ने प्रतिज्ञा गरौं।
चाडपर्वको हार्दिक मंगलमय शुभकामना! 🌸
